9841396555
kalinaginfo@gmail.com
विद्यालयको दूरदृष्टि
यस विद्यालय नेपालका सामुदायिक विद्यालयहरु मध्ये शैक्षिक, भौतिक र व्यवस्थापकीय पक्षमा पूर्ण, तथा योग्य, सक्षम र प्रतिष्पर्धी जनशक्ति उत्पादनमा सहयोग गर्ने राष्ट्रको एक उत्कृष्ट नमूना विद्यालयको हुनेछ
लक्ष्य
यो विद्यालयको लक्ष्य समतामुलक, प्रविधियुक्त र रोजगार उन्मुख गुणस्तरीय शिक्षा प्रदान गर्ने राष्ट्रको एक उत्कृष्ट नमुना विद्यालयका रुपमा स्थापित गर्नु हो ।
उद्देश्यहरु
१. विद्यार्थीको रुचि, चाहना र आवश्यकता आधारमा शिक्षण गर्दै अभिभावक तथा विद्यार्थीको पहिले रोजाइको विद्यालय बनाउने छ ।
२. विद्यालयहररुका हरेक कार्यकलापहरुमा समुदाय र अभिभावकको संलग्नता वृद्धि गर्ने ।
३. सरोकारवालाहरु माझ सुमधुर सम्बन्ध स्थापना गरी हाम्रो विद्यालय राम्रो विद्यालय बनाउने ।
४. गुणस्तरीय तथा समतामूलक शिक्षामा बालबालिकाहरुको सहज पहुँच हुने खालको सुविधा सहितको विद्यालयको रुपमा विकास गर्ने ।
५. विद्यालयको व्यवस्थापकीय प्रबन्धमा विशेष व्यवस्था गरी सिकाइ उपलब्धि उच्च बनाउनु ।
६. गुणस्तरीय शिक्षा, स्वच्छ प्रतिष्पर्धा गर्न सक्ने,सक्षम नागरिक सृजना गर्नु ।
७. विद्यालयको दिगो आयश्रोत वृद्धि गरी परिचालन तथा खर्च प्रणालीलाई पारदर्शी र जवाफदेहि बनाउने ।
८. स्वच्छ, सफा र हराभरा वातावरण युक्त आवश्यक भौतिक सुविधा सम्पन्न विद्यालय निर्माण गर्नु ।
९. विद्यार्थीकको सिकाइ उपलब्धि , उत्तीर्ण दर बढाउने र शैक्षिक क्षति न्यूनिकरण कम गर्ने।
१०. नवीनतम शिक्षण विधि र प्रविधिको प्रयोगमा अधिकतम जोड दिने ।
११. विद्यालय व्यवस्थापनका संयन्त्रहरुको क्रियशिलतालाई प्रभावकारी बनाउने ।